×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काँग्रेस महाधिवेशन मङ्सिर अन्त्यमा

११ कार्तिक २०७८

११ कार्तिक, काठमाडौं ।

पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ ।

Advertisement
Advertisement

पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता महादेव यादवले मङ्सिरभित्रै महाधिवेशन सक्ने गरी कार्यतालिका तयार पारेको जानकारी दिए ।

कात्तिक दोस्रो साता गर्ने गरी तय गरिएको प्रदेश अधिवेशन अब आगामी मङ्सिर १६ र १७ गते हुने भएको छ । यसका साथै पार्टीले प्रदेश अधिवेशनअघि नै सबै जिल्लामा जिल्ला अधिवेशन गरिने जनाएको छ ।

धेरैजसो जिल्लामा मङ्सिर १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न हुने अवस्था रहेको जानकारी समितिका संयोजक यादवले दिए ।

जिल्लाको अवस्था फरक फरक भएकाले मङ्सिर १० गतेसम्म सबै जिल्लाको जिल्ला अधिवेशन पूरा गर्ने र केन्द्रीय निर्वाचन प्रतिनिधिलाई पनि सोहीअनुसार निर्देशन दिइएको जनाइएको छ । पार्टीले हालसम्म १३ जिल्लाको जिल्ला अधिवेशन पूरा गरिसकेको छ । बाँकी जिल्लामा कतै वडा, पालिका, प्रदेशसम्मको अधिवेशन गरिएको र सबै जिल्लाको अवस्था फरक फरक रहेको जनाइएको छ ।

काँग्रेसले कात्तिक २७ गतेदेखि वडा अधिवेशनको प्रक्रिया पुनः सुरु गरिने जनाएको छ । हालसम्म १३ जिल्लामा वडा अधिवेशनको प्रक्रियासमेत सुरु हुनसकेको छैन ।

Advertisement

ती जिल्लामा पनि २७ गतेदेखि वडा अधिवेशन सक्ने गरी निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ । हिमाली जिल्लामा निर्वाचन अधिकृतलाई खटाइसकिएको निर्वाचन समितिले जनाएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top