एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, काठमाडौं ।

Advertisement

प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशभरका सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एक भएको र निर्वाचन केन्द्रित अभियानको संकेत दिएको छ।

स्थानीय निर्वाचनमा उम्मेदवार छनोटमा विवाद भए परिणाम राम्रो आउन नसक्ने भएकाले एमालेले अहिलेदेखि नै पार्टी कमिटीलाई एकजुट र मजबुत बनाएर निर्वाचनमा होमिने तयारीस्वरुप वडासँगै पालिका तहको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको हो।

Advertisement

एमालेको दसौँ महाधिवेशनमा सकेसम्म पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारी छ। वडा र पालिका अधिवेशनदेखि नै सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाएर केन्द्रीय महाधिवेशनबाट पनि सर्वसम्मत पदाधिकारी चयन गरी पार्टी एक भएको सन्देश दिन चाहन्छ एमाले। पार्टीका सबै कमिटीमा सर्वसम्मत नेतृत्व छान्ने र स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा पनि यही अभ्यास गर्ने योजना उसको छ।

‘पार्टी विभाजन भएको अवस्था छ। अहिले पनि पार्टीभित्र गुटबन्दी छ भन्ने बुझाइ छ। तर, त्यस्तो होइन भन्न सबै तहको नेतृत्व सर्वसम्मत होस् भन्ने केन्द्रीय नेतृत्वको चाहना छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने।

Advertisement

ती सदस्यका अनुसार पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा पर्न नदिन र पार्टीमा गुटबन्दी छैन भन्न पनि पालिका तहमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिइएको हो।

यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top