शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, काठमाडौं ।

Advertisement

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगङ्जले गरेको शुल्क वृद्घिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै कुनै पनि बाहानामा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी विद्यार्थीबाट शुल्क उठाउन नमिल्ने भन्दै फिर्ता लिन माग गरेको हो।

Advertisement

आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएका सबै शैक्षिक संस्थालाई अविलम्ब कारवाहीसहित बढी लिएको रकम सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न पनि अनेरास्ववियुका अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शुल्क वृद्धिको सम्बन्धमा पर्याप्त प्रमाणसहित विद्यार्थीले पटकपटक चिकित्सा शिक्षा आयोग, डीन कार्यालयलगायत सरोकारवाला निकायमा छानविन र कारबाहीका लागि निवेदन पेश गर्दा पनि उक्त कार्यको अनुगमन र दोषीलाई कारवाही नभएको पनि उल्लेख गरिएको छ।

Advertisement

चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले यही कात्तिक ७ गते आयोगले निर्धारण गरेको शुल्कविपरीत विद्यार्थीलाई बढी आर्थिकभार पर्ने र निजी शैक्षिक संस्था सञ्चालकलाई फाइदा पुग्ने गरी अत्यधिकमात्रामा शुल्क वृद्घि गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top