एमाले पालिका अधिवेशन : आकांक्षी धेरै हुँदा भक्तपुरमा नेतृत्व चयनमा समस्या

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, काठमाडौं ।

Advertisement

आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा भक्तपुरका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ।

एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मंगलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन।

Advertisement

एमाले जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा बुधबार बन्द सत्र सुरु हुन नसकेको जानकारी दिँदै आजदेखि बन्द सत्र सुरु गरिने बताए।

चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बिहीबार बिहानैदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्वमा सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए।

Advertisement

सकेसम्म चुनाव नगर्ने र सबैको सहमतिमा सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाउँदै उनले सहमति हुन नसके निर्वाचनबाट नेतृत्व चयन गरिने बताए।

एमाले चाँगुनारायण नगर कमिटीमा बन्द सत्र सुरु भएपछि नगर प्रमुख सोम मिश्रदेखि अधिकांश जनप्रतिनिधि, पार्टी अध्यक्ष देउजालगायत नेताले बुधबारसम्म पनि सहमतिको प्रयास गरे पनि सहमति हुन नसकेको प्रतिनिधिले जानकारी दिएका छन्।

यता सूर्यविनायक नगर कमिटीको बन्द सत्रमा पनि साँझ ६ बजेसम्म सहमतिको प्रयास जारी राखे पनि सहमति हुन नसकेको प्रतिनिधिले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top