उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, काठमाडौं ।

उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ ।

राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि यात्रामा ३ रुपियाँ फिर्ता नदिएको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको हो ।

कात्तिक १ गतेदेखि समायोजन भएको भाडाअनुसार ५ किलोमिटर दूरीको १८ रुपियाँ र १० किलोमिटर दूरीको भाडा २३ रुपियाँ कायम गरेको थियो ।

व्यवसायीको मागअनुसार सरकारले भाडावृद्धि गरेपछि पनि मनपरीरूपमा भाडा असुली भइरहेको पाइए तापनि उजुरीचाहिँ निकै कम परेको ट्राफिक प्रहरी महाशाखाको भनाइ छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले भने– ‘आज १० दिन भयो जम्मा ९ जनाले मात्र उजुरी दिएका छन् ।’ उहाँले उजुरी पर्नासाथ कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै भने– ‘हामीले कारबाही गर्दा यात्रुलाई बढी असुलेको २ रुपियाँ फिर्ता गराएका छौं ।’

उनले बुधबारसम्म १ सय ८ सवारी साधनमाथि कारबाही गरिसकिएको र अहिले १ हजार ५ सयसम्म जरिवाना लिने गरिएकोमा केही दिनपछि नै ५ हजार रुपियाँसम्म जरिवाना लिने तयारी भइरहेको जानकारी दिए ।

उनले बढी भाडा लिने सवारीसाधनको विरुद्धमा उजुरी दिनसमेत आह्वान गरेका छन् । यातायात व्यवस्था विभागले प्रदेश सरकारले तय गरेकोभन्दा बढी भाडा असुल्ने सवारीसधानमाथि ठगीको मुद्दा चलाउने चेतावनी दिएको छ । विभागका प्रवक्ता डा। लोकनाथ भुसालले हालसम्म १९ वटा सवारीसाधनमाथि कारबाही गरिएको जानकारी दिए ।

१८ र २३ रुपियाँको सट्टा २० रुपियाँ भाडादर कायम गर्दा यस्तो समस्या नआउला कि भन्ने जिज्ञाशामा प्रवक्ता डा। भुसालले भने– ‘सरकारले कायम गरेको वैज्ञानिक भाडादरको विषयमा विभागले निर्णय गर्न मिल्दैन । तर बिजोर अंक भाडा लिँदा यात्रु ठगिने र सवारी धनी धनी हुने प्रवृत्ति देखिएको छ ।’

यातायात व्यववसायीले भने सिक्काको अभाव रहेको अवस्थामा सिक्का फिर्ता दिन सम्भव नभएकोे बताएका छन् । बैंकमा सिक्का लिनका लागि लाइनमा बस्ने अवस्था नरहेको उल्लेख गर्दै उनीहरू सरकारले भाडा व्यवस्थापन नगरे थप जटिलता आउन सक्ने बताउँछन् ।

विभागले भने सवारी सहचालकले सिक्का बोकेर हिँड्नुपर्ने र यात्रुसँग तोकेको भाडा मात्र लिनुपर्ने दोहो¥याएको छ । सरकारले असार २९ गतेदेखि लागू हुने गरी अन्तरप्रदेश राजमार्गमा चल्ने सार्वजनिक यातायात भाडा २८ प्रतिशतले वृद्धि गरेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top