रोकिएन तस्करी, झण्डै २४ लाखको अवैध सामग्री बरामद

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, बुटवल ।

Advertisement

प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट झण्डै २४ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाईले मंगलबार र बुधबार गरी भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख ८५ हजार रुपैयाँको अवैध सामान बरामद गरेका हुन् ।

Advertisement

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भन्सार छलीको २ लाख ५९ हजार ५६० रुपैयाँ बरबरको कपडा लगायतका सामान नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ ।

सिद्धार्थनगर नगरपालिका बाइपास रोडस्थित नेपालमा एक महिनादेखि अवैधरुपमा धनगढीको भित्री स्थान हुँदै प्रवेश गरेको यूपी २१ सिई ४०६४ नम्बरको १५ लाख बराबरको गाडी भारत प्रवेश गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएर कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय मझगाँवा रुपन्देहीबाट खटिएको टोलीले लत्ताकपडा, चिनी लगायत २ लाख १६ हजार रुपैयाँको मालसामान, प्रहरी चौकी दुर्गौलिया र सीमा प्रहरी चौकी कदमहवाको टोलीले लत्ताकपडा, झोला र चिनी गरी २ लाख ३८ हजारको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रहरी चौकी मैनीहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ भगवानपुर चोकमा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको एक लाख ८० हजारको ६० पिस स्वीमिङ प्याड बरामद गरी भन्सार कार्यालय चलान गरेको छ ।

इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको टोलीले तिलोत्तमा–१५ पत्थरडाँडाबाट भारतबाट भन्सार छलेर ल्याइएको २५२ पिस लेडिज ब्रा, चकलेट, कुर्ता सुरुवाल, पनिर मसला लगायत ७५ हजारको सामान नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भारतीय नम्बरका दुईवटा मोटरसाइकलमा ल्याउँदै गरेको १ लाख ३२ हजारको‍ चिनी बरामद गरी भन्सार कार्यालय पठाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top