एकीकृत समाजवादीका नेता पाण्डे आज मुख्यमन्त्री बन्दै

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, हेटौंडा ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)को बाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लागेका छन्। उनले आज शपथ लिने तयारी गरेका छन्।

बुधबार अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डेले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनलाई आज प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

Advertisement

उनले पेश गरेको दाबीमा एकीकृत समाजवादीसँगै नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका गरि ५९ सांसद हस्ताक्षर रहेको छ।

प्रदेश प्रमुख शर्माले आज ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय दिएका छन्। नेकपा (एमाले)ले दाबी पेश नगर्ने भएको छ।

Advertisement

आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ। माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र एकीकृत समाजवादीका उपनेता कृष्ण खनालले मन्त्रीको शपथ लिने तयारी रहेको जनाइएको छ।

एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन्। प्रदेश सभाबाट विश्वासको मत प्राप्त नहुने देखिएपछि उनले बुधबार राजीनामा दिएकी हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top