संसदमा आज पनि एमालेको नाराबाजी

११ कात्तिक, काठमाडौं ।

Advertisement

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि नाराबाजी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेर्न पुगेका थिए।

सभामुखले बाढी पहिरोले पुर्‍याएको क्षति तथा समसामयिक विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमालेका सांसद्हरुले अवरोध जारी राखेका छन्।

Advertisement

२३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । उसले बिहीबारको बैठकमा पनि नाराबाजीलाई नै निरन्तरता दिएको हो ।

एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेका छन् ।  तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै एमालेलाई सम्झाउँदै आएका छन् ।

Advertisement

एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top