सिन्धुलीका डोरबहादुर खपांगीले पाए नागरिकता

१० कात्तिक ७८, बिहीबार

११ कात्तिक, सिन्धुली ।

Advertisement

सिन्धुलीकाे गोलन्जोरका होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाएका छन्। गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीया खपांगीले बुधबार प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता पाएका हुन्।

शारीरिक रूपमा अशक्त खपांगीलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। उनले भने, ‘उनलाई वंशजका आधारमा नेपाली नागरिकता उपलब्ध गराइदिन भनि वडाबाट भएको सिफारिस र चिकित्सक टोलीबाट स्वास्थ्य परीक्षणसमेत गराई नेपाली नागरिकताको प्रमाण–पत्र उपलब्ध गराइएको हो ।’

Advertisement

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार खपांगी सिन्धुलीकै सम्भवतः होचा कदका नागरिक हुन्। उनको उचाइ ७१ सेन्टिमिटर मात्र छ। खपांगी ३ दिनअघि दाजुका साथमा नागरिकता बनाउन जिल्ला सदरमुकाम आएका थिए। तर, जिल्लामा उमेर पत्ता लगाउन सहयोग गर्ने स्वास्थ्य परीक्षणको मेसिन नहुँदा र चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरी प्रमाणित नहुँदा ३ दिन ढिला नागरिकता पाएकाे प्रजिअ न्याैपानेले बताए ।

खपांगीले नागरिकताको प्रमाण–पत्र पाएपछि खुसी व्यक्त गरेका छन्। सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले पढाइलेखाइ भने गरेका छैनन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top