प्रतिनिधि सभामा दलित आयोगको प्रतिवेदन पेश, अर्को बैठक कात्तिक २९ गते

प्रतिनिधि सभामा दलित आयोगको प्रतिवेदन पेश, अर्को बैठक कात्तिक २९ गते

११ कात्तिक, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज (बिहीवार) पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बिरोधलाई निरन्तरता दिएको हो ।

बैठकमा एमालेको अवरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको वार्षि प्रतिवेदन आर्थिक वर्ष २०७७÷०७८ पेश गरे । त्यस्तै प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लागातार १० वा सो भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका तीन सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितीको सूचनालाई सभाले स्विकृती जनाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक २०७८ कार्तिक २९ गते सोमवार दिउँसो १ बजे बस्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.