ऋण गरेर बिदेशीएका छोराकोे शव फर्काउन नसकेपछि…

विराटनगर, साउन १८
मोरङको सुनवर्सी नगरपालिका वडा नं. २ स्थित अमरदह बजार यतिबेला शोकमा डुबेको छ । वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया पुगेका २९ वर्षीय सन्तोष विष्टको सडक दुर्घटनामा परी मृत्यु भएको खबरसँगै अमरदहबासी शोक डुबेका हुन् ।

अझ मृत्यु भएको २५ दिन भइसक्दा पनि शव झिकाउन आश्यक खर्च नहुँदा यतिबेला ६० वर्षीय वावु नरेन्द्रबहादुर विष्ट, ५७ वर्षीय आमा चन्द्रमाया विष्ट र जीवन सङ्गीनी सरिता रोएर दिन बिताइरहेका छन् । विष्ट दम्पत्तिले आफ्ना छोराको शव नेपाल ल्याउन अथक प्रयास गरेपनि आर्थिक अभावका कारण समस्या भएपछी हाल बिष्ट दम्पत्तिले आफनो छोराको शव नेपाल ल्याइदिन सरोकारवाला निकाय र सरकारसँग आग्रह गरेका छन ।

Advertisement

शोकले विष्ट परिवारको भोक र निन्द्रा गुमिसकेको छ । नरेन्द्रले भने ‘१३ लाख ऋण गरेर गएको छोरो ऋण तिरी नसक्दै सधैंका लागि हामीलाई छोडेर गयो । न सास छ, न लास छ । ल्याउनका लागि सबैसँग गुहार मागें, तर कतैबाट पहल भएन । आखाँभरि आँशु पार्दै उनले भने –शब ल्याउन १० लाख खर्च लाग्छ भन्छन् , कहाँबाट ल्याउँ त्यति धेरै पैसा ?’

Advertisement

दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडी धनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको हो ।

सन्तोषलाई दुर्घटना गराउने गाडीले चुक्ता गर्नु पर्ने रकम तिर्न नसकेपछि दुर्घटना गराउने गाडी धनी र शव त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । सन्तोष दलाल मार्फत दुवईबाट डेढ वर्ष अघि दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिषाबाट कोरिया पुगेका कारण सन्तोषको शव ल्याउन प्राविधिक समस्या भएको जानकारहरूको भनाई छ ।

गाउँका आशलाग्दो युवकको दुर्घटनामा परेर मृत्यु भएपछि सुनवर्सी नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप तामाङले शुक्रबार घरमै पुगेर विष्ट परिवारलाई १ लाख १ हजार नगद रुपियाँ सहयोग गरेका छन् ।

निकै भावुक र आखा बाट आसु खसाल्दै आफ्नो वडाको वासिन्दालाई सङ्कटमा पर्दा जनप्रतिनिधिको हैसियतले आफुले व्यतगत रकम सहयोग गरेको तामाङले बताए । लाश ल्याउन झण्डै १० लाख खर्च हुने भएपछि अहिले स्थानीयहरू सहयोग सङ्कलनमा लागेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top