राप्रपाको महाधिवेशन आगामी मङ्सिरमा काठमाडौँमा हुने

११ कात्तिक ७८, शुक्रबार

१२ कात्तिक, काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमागर्ने निर्णय गरेको छ ।

यही कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएको सो अधिवेशन प्राविधिक कारणले केही साता सार्ने निर्णय बैठकले गरेको हो । पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले बैठकले सक्रिय सदस्य बनाउने अवधि कात्तिक १५ गतेसम्म बढाउने निर्णय गरेको जानकारी दिए ।

बैठकले केन्द्रीय निर्वाचन समितिलाई कात्तिक २६ गतेभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने निर्देशन दिएको छ । सक्रिय सदस्यको दाबी विरोध यही कात्तिक २७ देखि २९ गते गर्ने, अन्तिम नामावली ३० गते प्रकाशन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिएको बैठकले सक्रिय सदस्यको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखी सार्वजनिक गर्न, जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न, सातवटै प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन कात्तिक २८ गते गर्ने निर्देशन दिएको छ ।

सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी मङ्सिर १ देखि ३ गते गर्ने, जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची तय गरेको छ ।

महाधिवेशनको तयारीका लागि विभिन्न नौ समिति गठन गरेको बैठकले सामाजिक कार्यपत्र तयारी समितिको संयोजकमा पशुपतिशम्शेर जबरालाई जिम्मेवारी तोकेको छ ।

आर्थिक कार्यपत्र तयारी समितिको संयोजकमा डा प्रकाशचन्द्र लोहनी, राजनीतिक कार्यपत्र तयारी समितिको संयोजकमा कमल थापा छन् । बैठकले कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समिति गठन गरेको छ ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top