टि–२० विश्वकपमा अस्ट्रेलियाको लागतार दोस्रो जित

११ कात्तिक ७८, शुक्रबार

१२ कार्तिक, काठमाडौं ।

स्पिनर एडम जम्पा र ओपनर डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गरेपछि टि–२० विश्वकपमा अस्ट्रेलियाले लागतार दोस्रो जित निकालेको छ। बिहीबार राति भएको एक मात्र खेलमा जम्पा र वार्नर चम्किएपछि अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हरायो।

पहिलो ब्याटिङ गर्दै श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि वार्नरले सर्वाधिक ६५ रन बनाए।

उनले ४२ बलमा १० चौका प्रहार गरे। यस्तै, कप्तान आरोन फिन्चले फिन्चले २३ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ३७ रन बनाए ।

यस्तै, स्टिभ स्मिथले २८ र मार्कस स्टोइनिसले नटआउट १६ रन बनाउँदा श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दासुन सन्नाकाले १ विकेट लिए।

दुबईमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो। उसका लागि कुशल परेरा र चरिथा असालंकाले समान ३५ रन बनाए भने भानुका राजापक्षले नटआउट ३३ रनको योगदान दिए।

अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले समान २ विकेट लिए । जम्पाले ४ ओभरमा १० रन मात्र खर्चिए भने स्टार्कले २७ र कमिन्सले ३४ रन खर्चिए ।

सुपर १२ को समूह १ का अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । यसअघि उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो। दुई खेल नै जितेको इंग्ल्याण्ड रनरेटका आधारमा शीर्ष स्थानमा छ। यता, श्रीलंका २ अंक जोड्दै चौथो स्थानमा छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top