आत्महत्या न्यूनीकरण गर्न कीटनाशक विषादीमा प्रहरीको निगरानी

११ कात्तिक ७८, शुक्रबार

१२ कार्तिक, भैरहवा ।

जिल्ला प्रहरी कार्यालय भैरहवाले कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखनकर्ताको निगरानी बढाएको छ ।

कार्यालयले रुपन्देहीमा कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखन गर्ने एक सय सात वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटरीनरीको अनुगमन गर्दै बिक्री वितरणको अभिलेख राख्न निर्देशन दिएको हो ।

कृषि र पशुजन्य उपचारमा प्रयोग हुने विषादी सेवनले जिल्लामा आत्महत्या गर्ने व्यक्तिको तथ्यांक बढेकाले अत्महत्याको घटना न्यूनीकरण गर्न यी कामको थालनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

कार्यालयका अनुसार नौवटा इलाका प्रहरी कार्यालय, दुई वटा वडा प्रहरी कार्यालय र एउटा प्रहरी चौकी अन्तर्गत रहेका एक सय सात वटा विषादी बेचबिखनका क्लिनिक, एग्रोभेट र भेटरीन गरी पत्ता लागेकाले ती स्थानबाट नै विषादीको गलत प्रयोग रोक्न प्रत्यक्ष अनुगमन र बिक्रीवितरणको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई मात्र बिक्रीवितरण गर्ने व्यवस्थाको सुरुवात गरेकोे छ ।

आव २०७८÷०७९ को साउन महिनामा ३३ जना र भदौमा ६६ जना गरी ९९ जना व्यक्तिले सल्फास, आल्मुनियम फोस्फेट, ओप–एल्पाइन र साइपभिटामिन बी कम्प्लेक्सलगायतका बिषादीको प्रयोग गरेको देखिएको कार्यालयले जानकारी दिएको छ ।

रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण कार्ययोजना (थ्री सर्कल) अवधारणा ल्याएको छ । सो अवधारणा कार्यान्वयन गर्ने क्रममा विषादी बेचबिखन गर्ने ठाउँलाई लक्षित गरिएको प्रहरी प्रमुख केसीले बताए । असम्बन्धित व्यक्तिलाई विषादी बेचबिखन गर्ने र त्यो विषादी आत्महत्याका लागि प्रयोग हुने गरेको पाइएपछि कडाइ गर्न थालिएको हो ।

यो अवधारणामा भारतबाट ल्याइने विषादी र ती विषादी कहाँ कसरी प्रयोग हुन्छन् भन्ने अनुगमन पनि भइरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top