एमाले पोखरा महानगरका अध्यक्षमा न्यौपाने

१२ कात्तिक ७८, शुक्रबार
Share this
777shares

१२ कात्तिक, कास्की।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका कमिटीको अध्यक्ष पदमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । यही कात्तिक ९ गते सुरु प्रथम महानगर अधिवेशनमा नेतृत्वका आकाङ्क्षीबीच सहमति नजुट्दा अधिवेशन लम्बिएकामा बिहीबार साँझ अन्य चार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

अध्यक्षका लागि न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। यसैगरी, महानगर कमिटीको उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवन आचार्य र उपसचिवद्वयमा रामचन्द्र थापा र हरिमाया गुरुङ सर्वसम्मत भएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए ।

Advertisement

महिला खस आर्य, जनजाति, दलित अल्पसङ्ख्यक, अपाङ्ग, श्रमिक, खुला सदस्य र भूगोलतर्फ सर्वसम्मत चयन गरिएको छ। नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारी तथा सदस्यलाई बिहीबार रातिनै शपथ ग्रहण तथा निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो। पाँच पालिका रहेको जिल्लामा मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

मादीमा बालकृष्ण गुरुङ,अन्नपूर्णमा विवेक देवकोटा र रुपामा सवाबक्स मियाँ पालिका कमिटीको अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन्। माछापुछ्रे गाउँपालिकामा भने अध्यक्षका प्रत्याशीका बीचमा सहमति नजु्टदा अधिवेशन को निर्वाचन प्रक्रिया स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

माछापुछ्रेमा विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top