अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

११ कात्तिक ७८, शुक्रबार

१२ कात्तिक, भक्तपुर।

बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।

नेपालमा भारतीय फूलले बजार ओगटिरहेका बेला यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं २० वर्षदेखि फूलखेती गर्दै आउनुभएकी स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउने गरेको बताउँछिन्।

तीन रोपनी जग्गामा फूलखेती गरेकी उहाँले एक सिजनमा रु चार लाखसम्म आम्दानी हुने गरेको सुनाइन् । बस्नेत भन्छिन्, “मैले सयपत्री साढे दुई र मखमली फूल आधा रोपनीमा मात्रै लगाएको छु, यसवर्ष नै रु तीन लाखको सयपत्री र एक लाखको मखमली फूल उत्पादन भएको छ ।” एक रोपनी जग्गामा मखमलीका चार हजारवटा माला उन्न सकिने जनाउँदै उनले एउटा मालाको यस वर्ष कम्तीमा रु २५ मा बिक्री हुँदा पनि रु एक लाखको माला उत्पादन हुने बताइन्।

उनले विदेशमा रहेका नेपालीमार्फत पनि फूल तथा माला निर्यात गर्दै आएकी छिन् । उनले भनिन्, “यस वर्ष तिहारका लागि दसैँ अगाडि नै अमेरिकामा पाँच हजार र अष्ट्रेलियामा १० हजार माला पठाइसकेको छु, केही दिनमै अमेरिकामा थप पाँच हजार माला पठाउँदैछु, यहाँबाट विभिन्न मुलुकमा फूल र माला निर्यात हुँदै आएको छ ।” विदेशमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरुसँग प्रतिमाला रु २५ मा खरिद गरी रु २७ मा पठाउने गरेको उनको भनाइ छ ।

मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । कतिपयले भने आफैँ बजार पुर्‍याउने गर्छन् । सयपत्री फूल एक मुठाको रु १० देखि १२ मा बिक्री हुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु ६०० मा बिक्री गरेको छ । स्थानीय मीना नगरकोटीले एक रोपनी जग्गामा फूलखेती गरेको जनाउँदै रु एक लाखको फूल बिक्री हुने बताउँछिन् । उनले मखमली फूलको माला गाँस्ने चटारो परेकाले चार आना जग्गामा लगाएको मखमली फूलबाट एक हजार १०० माला उनेको बताइन् । अहिले माला उन्ने र सयपत्री फूलको व्यवस्थापनको चटारो चलेको छ ।

गुण्डुमा व्यावसायिक फूलखेती हुने भएपछि नगरपालिकाले समेत अनुदानमा फूलको बेर्ना वितरण गर्दै आएको छ । सूनपा–७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले यस वर्ष यहाँका किसानलाई सयपत्री फूलको ४५ हजार बेर्ना वितरण गरेको बताए । उनले भने, “फूलखेतीमा लागेको किसानलाई प्रोत्साहन दिन नगरपालिकाले यस वर्ष रु चार लाख लगानी गरेर ८० प्रतिशत नगरपालिकाको अनुदानमा फूलको बेर्ना वितरण गर्‍यौँ, स्थानीय जनप्रतिनिधि भएपछि आवश्यकतानुसार किसानलाई बेर्ना वितरण गर्‍यौँ ।”

गुण्डुमा स्थानीयवासीसँगै विभिन्न जिल्लाबाट आएर घर भाडामा बस्नेले पनि जग्गा भाडामा लिएर फूलखेती गर्दै आएका छन् । वडाध्यक्ष सापकोटाले गुण्डुमा मात्रै करिब ४०० रोपनी क्षेत्रफलमा फूलखेती गरेको र यहाँबाट मात्रै वर्षमा करिब रु तीन करोडको फूल बिक्री हुने गरेको बताए। उनले फूलखेतीको बजार व्यवस्थापनका लागि एकद्धार प्रणाली लागू गर्नेबारे किसानसँग छलफल भएकाले किसानले अस्वस्थ्य प्रतिस्पर्धा नगरी एकद्धार प्रणालीमा जान चाहेमा वडाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिए । स्थानीय रुपा बस्नेतले फार्म नै बनाएर फूलखेती गरेकी छन् । मखमली फूल करिब एक रोपनी र सयपत्री फूल चार रोपनी जग्गामा लगाएकी उनलाई तिहार नजिकिएपछि मखमली फूलको माला उन्न र सयपत्री फूल बजार पुर्‍याउन भ्याइनभ्याई भएको छ ।

गुण्डु निवासी सांसद एवं पूर्वमन्त्री महेश बस्नेतकै पहलमा आएको करोडौँको बजेटले यहाँको विकासले मुहार फेरेपछि अहिले व्यापारी घरघरमै पुग्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख एवं स्थानीयवासी सरिता कुँवरले जानकारी दिइन् । पहिला जीणर् सडक र पिछडिएको गुण्डुमा फूलखेती गरे पनि बजार पुर्‍याउन कठिन हुनेमा अहिले चार वर्षकै अन्तरालमा गुण्डु जाने चारवटा ठूला र पक्की सडक बनेपछि व्यापारीलाई गाउँसम्म आउन र व्यवसायीलाई बजारसम्म जान निकै सहज भएको उनले बताइन्।

भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, वागेश्वरीलगायतका ठाउँमा अहिले व्यावसायिक फूलखेती हुन थालेको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा हुने व्यावसायिक फूलखेतीबाट मात्रै एक सिजनमा करिब रु पाँच करोडको फूल बिक्री हुने गरेको नगरपालिकाले जानकारी दिएको छ । मकै बारीमै फूलखेती लगाउन सकिने भएपछि दोहोरो बालीका रूपमा किसानले फूल र मकै खेती गर्दै आएका छन् । धानमा भन्दा फूलबाट आम्दानी बढी हुने भएपछि कतिपयले धान खेतमा समेत फूल लगाउँदै आएका छन् । सत्रपत्री फूलभन्दा मखमली फूलमा औषधि धेरै हाल्नुपर्ने र धेरै स्याहार्नु पर्ने भएपछि पछिल्लो समय सयपत्री फूलतर्फ किसान आकर्षित भएका छन् ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top