तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ !

१२ कात्तिक ७८, शनिबार

काठमाडौं : तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु-याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ ।

मुलुक सयपत्री फूलमा आमनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो । पछिल्लो समय किसानले सयपत्री फूललाई व्यावसायिक रूपमा खेती गर्न थालेपछि सयपत्री फूलमा मुलुक आमनिर्भर हँुदै गएको छ । प्mलोरिकल्चर एसोसिसन नेपालका महासचिव विश्वमणि पोखरेलले मागअनुसार ९० प्रतिशत सयपत्री फूल स्वदेशमै उत्पादन हुने गरेको बताए । उनले धेरै फूल नेपालमै उपलब्ध हुने भए पनि स्थानीय बजारको माग धान्न तिहारको समयमा मात्रै १० प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको बताए ।

फूल व्यवसाय गर्ने कृषकलाई सरकारले बीउबिजन, फूल राख्ने मलहरूमा प्रभावकारी रूपमा सहयोग गरे आउने दुई÷चार वर्षभित्रमा नेपाल फूलमा शतप्रतिशत आत्मनिर्भर हुन सक्ने महासचिव पोखरेलको भनाइ छ । उनले हरेक वर्ष १५ प्रतिशतका दरले फूलको माग बढ्दै गएको बताए । पछिल्लो समय फूल व्यवसाय गर्ने कृषक बढ्दै गएको भए पनि माग पनि बढ्दै जाँदा पूर्णरूपमा माग आपूर्ति गर्न सकेका छैनांै ।’ उनले भने, ‘यसपटक पानीले धेरै फूल खेतीमा असर पारेको हुँदा आन्तरिक उत्पादनले बजारको माग धान्न नसक्ने भएपछि भारतबाट २ लाख ३२ हजार सयपत्री फूलको माला आयात गर्नुपर्ने बाध्यता रहेको उनले जनाए ।

गत वर्ष १ लाख ५३ हजार सयपत्री फूलको माला आयात गर्नुपरेको थियो । गत साता आएको अविरल वर्षाका कारण तराई क्षेत्रमा लगाएको फूल खेतीमा करिब ४० प्रतिशत क्षति भएको छ । त्यसकारण पनि भारतबाट गत वर्षभन्दा केही धेरै माला आयात गर्नुपरेको हो । महासचिव पोखरेलले कोरोनाका कारण पनि फूल व्यवसायमा ठूलो असर परेको बताए । कोरोनाका कारण १५ प्रतिशत व्यवसायीले खेती नगरेर त्यसै बसेको उनको भनाइ छ । उनले कोरोनाको असर नभएको भए यो वर्षमा ३ अर्बभन्दा बढीको फूलको कारोबार गर्ने लक्ष्य राखिएको बताए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top