एमाले १०औं महाधिवेशनः उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया

१२ कात्तिक ७८, शनिबार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन ।

हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रस्तावमा छलफल भएको थियो । एमाले नेता काशीनाथ अधिकारीले १०औं महाधिवेशनमा कुनै दस्ताबेज प्रस्तुत नहुने बताए ।

‘यो महाधिवेशनमा कुनै दस्तावेज पेस हुनेछैनन् । हामीले विधान महाधिवेशनमा सबै दस्ताबेज पारित गरिसकेका छौं । महाधिवेशनमा उद्घाटनपश्चात् बन्द सत्र सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढनेछ’ अधिकारीले भने ।

महाधिवेशनमा नेतृत्व चयन गर्ने सवालमा सर्वसम्मत प्रयास हुने र त्यसो हुन नसकेको अवस्थामा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने व्यवस्था भएको उनले बताए । प्रथम विधान महाधिवेशनमा सबै दस्ताबेजमाथि छलफल भएको र सो विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेको उनले बताए । अब नेतृत्व चयनमै महाधिवेशन केन्द्रित हुने अधिकारीले बताए । यद्यपि अध्यक्षको तर्फबाट एउटा सानो आकारको राजनीतिक प्रतिवेदन आउन सक्ने उनले बताए ।

बढ्यो महाधिवेशन प्रतिनिधि संख्या
महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा सदस्यले प्रतिनिधि संख्या बढाउन सुझाव दिएपछि स्थायी कमिटी बैठकले गरेको निर्णयमा संशोधन गरिएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या बढाउने निर्णय गरेको हो । एमाले सचिव प्रदीप ज्ञवालीले महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने बताए ।

यसअघि बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । विभिन्न मापदण्डका आधारमा यी प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ ।

एकै दिन महाधिवेशन प्रतिनिधि निर्वाचन
यसैबीच २७ कात्तिकमा देशैभरि एकैचोटि महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय एमालेले गरेको छ । २७ कात्तिकमा देशैभरि एकै दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय बैठकले गरेको सचिव ज्ञवालीले बताए ।

एमाले सचिव ज्ञवालीले स्थायी कमिटीको बैठकले गरेको निर्णयमा संशोधन गर्दै केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार महाधिवेशनमा प्रतिनिधि सभहभागी हुने बताए । केन्द्रीय कमिटीको अर्को बैठक चितवनमा महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने निर्णय गरिएको छ ।

बैठकले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना थपेर २३ सदस्यीय बनाएको छ । नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ छन् । यसअघि नै नेता रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ ।

१०औं महाधिवेशनमा १० देखि १२ मंसिरमा चितवनमा हुने निर्णय यसअघि नै भइसकेको छ ।

इलेक्ट्रोनिक मेसिनबाट मतदान
एमालेले १०औं महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको निर्वाचनमा इलेक्ट्रोनिक मेसिनको प्रयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले त्यसको प्रयोग गर्दै शुक्रबार नै परीक्षण गरेको सचिव ज्ञवालीले बताए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top