पाँच दलीय गठबन्धन निर्वाचनसम्मै जान्छ : ऊर्जामन्त्री

१३ कात्तिक ७८, आइतबार

१३ कात्तिक, काठमाडाैँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको प्रस्ट्याएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन)को जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनले पाँच दलको गठबन्धनको बलबाटै प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताइन् ।

“अझै प्रतिगामी षडयन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ”, उनले भनिन् । जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन परास्त भएको उल्लेख गर्दै उनले गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने बताइन् । “गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्”, मन्त्री भुसालले भनिन्, “तर हामी सचेत छौँ, निर्वाचनसम्म गठबन्धनलाई लैजान्छौं ।”

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भएको उल्लेख गर्दै जनताको पक्षमा निर्वाध ढङ्गले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । अधिवेशनबाट समग्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको कार्यसमिति चयन भएको छ । पत्रिका शाखाको अध्यक्षमा अम्बिका पौडेल, रेडियोको अध्यक्षमा हरि दुलाल, टेलिभिजनको अध्यक्षमा रवीन्द्र पौडेल र अनलाइनको अध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् ।रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top