Nepal Times
Nepal Times
3
Shares

दोहोरी च्याम्पियनको फाइनल सुरु (फाेटाे फिचर)

दोहोरी च्याम्पियनको फाइनल सुरु (फाेटाे फिचर)

१३ कात्तिक, काठमाडाैँ ।

नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को नतिजाको अन्तिम प्रस्तुती पोखरामा भैरहेको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु भएको रियालिटी शो दोहोरी च्याम्पियन’को अन्तिम प्रस्तुतिको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरे।

‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूहले प्रतिस्पर्धा गरिरहेको छ। यी दुईमध्ये एउटा समूहले च्याम्पियनको उपाधि पाउने छ भने तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूहले प्रतिस्पर्धा गरिरहेकोछ ।

बिजेताको बनाउन दर्शकले साँझ ६ बजे सम्म भोट गरिसकेका छन्। ‘दोहोरी च्याम्पियन’ बन्नेले उपाधि सहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ भने त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा र तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्ने आयोजक कि एड्भरटाइजिंग नेपालले बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.