राणाले जुन हर्कत देखाए, अब उनलाई प्रधानन्यायाधीश मान्नै सकिन्न : शम्भु थापा

१४ कार्तिक, काठमाडौं ।

Advertisement

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अब प्रधानन्यायाधीश मान्न नसकिने बताएका छन्।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आइतबारदेखि गरेको विरोध कार्यक्रममा सहभागी हुँदै उनले राणाको हर्कतका कारण उनलाई अब प्रधानन्यायाधीश मान्न नसकिने बताएका हुन्।

Advertisement

उनले राणा पशुपतिको मूल भट्टझैं भएको तर नैतिकता देखाउन नसकेको टिप्पणी गरे। थापाले महाअभियोगको विषय संविधानको धारामा रहेको उल्लेख गर्दै राजनीतिक दलहरुलाई पुकार नगर्ने बताए।

विरोध कार्यक्रममा सहभागी पूर्वसभामुख दमननाथ ढुंगानाले पनि आन्दोलन न्यायालय सुधारका लागि भएको भन्दै प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए।

Advertisement

बारले आज (आइतबार) देखि हातमा पट्टी बाँधेर विरोधका कार्यक्रम सुरु गरेको छ।

बुधबारसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बारले आग्रह गरेको छ। सो अवधिसम्म पनि राजीनामा नदिए थप आन्दोल गर्ने बारको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top