काठमाडौँ महानगरमा सम्पत्तिकर ई–सेवामार्फत भुक्तानी गर्न सकिने

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवाएकाउन्ट नभएकाले भने ई–सेवाभएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवाफोन प्रालिले बताएको छ ।

यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान, हेटौँडा इटहरी उपमहानगरपालिका तथा बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धुलिखेल, गोकर्णेश्वर, कावासोती धनगढीमाई, कीर्तिपुर, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, सुन्दरहरैचा, तिलोतमा र विष्णुपुर नगरपालिका तथा जोरपाटी केराबारी, थुलुङ गाउँपालिकाले पनि ई–सेवामार्फत कर तथा राजस्व असुली गर्दै आएका थिए ।

स्थानीय निकायले दुई तरिकाबाट ई–सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि ई–सेवाको मोबाइल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई–सेवामा प्रत्यक्ष खाता खोल्नेको सङ्ख्या ५० लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट (ई–सेवाजोन तथा पोइन्ट) छन् भने ई–सेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेको छ ।

ई–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम, सेयर, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट खरिद, विद्यालय तथा क्याम्पसलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० बैंक तथा वित्तीय संस्था सदस्य छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top