माधव नेपालको प्रश्न- १० मिनेटमा विमानस्थल पुगिन्छ, बालुवाटारमा हेलिप्याड बनाउन करोडौं खर्च गर्ने ?

१४ कार्तिक, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्षमा माधवकुमार नेपालले प्रधानमन्त्रीनिवास बालुवाटारभित्र हेलिप्याड बनाइएकोमा असन्तुष्टि जनाएका छन्। उनले त्यसका लागि करोडौं रुपैयाँ खर्च गरिएको भन्दै विरोध जनाएका हुन्।

’मैले पर्यटनमन्त्रीलाई पनि भनेँ– तपाईं जहाँ पायो त्यहीँ एयरपोर्ट बनाउने कुरा नगर्नुस्। अहिले त प्रत्येकलाई आफ्नो गाउँमै एयरपोर्ट चाहिएको छ,’ आइतबार नेपाल समाजवादी इन्जिनियरिङ एसोसियसन नेपालको प्रथम राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले भने, ’हुँदाहुँदा यस्तो गरिब देश नेपाल छ, बालुवाटारमा हेलिप्याड! त्यो त मलाई थाहा पनि थिएन। अस्ति पो थाहा भयो। त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ। अनि करोडौं रुपैयाँ खर्च गर्ने हो?’

अध्यक्ष नेपालले राष्ट्रपतिनिवासमा पनि हेलिप्याड बनाउने कुरा भइरहेको आफूले सुनेको भन्दै त्यसप्रति पनि प्रश्न उठाए। ’म त्यसको विरोधी हुँ। त्रिभुवन विमानस्थल जानुपर्छ, टाढा पनि छैन,’ उनको भनाइ छ, ’जनताको पसिनाबाट आएको एकएक पैसा सदुपयोग कसरी गर्ने भन्ने कुराको चिन्ता चासो छैन। त्यसैले पहिले चिन्ता हुनुप¥यो। मन पोल्नुप¥यो। देश बनाउने आँट र जाँगर हुनुप¥यो।’

उनले आफूले प्रधानमन्त्री शेरबहादुर र प्रचण्डलाई पनि हाम्रो देश किन बनेन भनेर अजेण्डा बनाऔं भनेको बताए। ’कहाँ रहेको छ समस्या? प्लानिङ हेर्नुस् न, अहिले पानी जहाज कम्पनी चाहिन्छ? गफाडीको गफ,’ उनले भने।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top