प्रधानन्यायाधीशसँग पुनः वार्तामा बस्ने असन्तुष्ट न्यायाधीशको निर्णय, बन्यो समिति

१४ कार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीश जबरासँग वार्तामा बस्ने भएका छन् ।

एकसाता यता इजलास छोडेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ ।

प्रधानन्यायाधीश जबरासँग अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले वार्ता गर्ने एक न्यायाधीशले जनतापाटीलाई बताए ।

उनीहरूले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टिका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एक पटक वार्ता बस्ने निर्णय गरेका हुन् । ‘हामीले केही हाम्रा सरोकारका साझा विषय तय गरेका छौं, यी विषयमा उहाँ (जबरासँग) भोलिबाटै वार्ता हुन्छ,’ ती न्यायाधीशले भने ।

इजलास छाडेर न्यायाधीश छलफलमा जुटिरहँदा जबराले भने दुईवटा मुद्दामा सुनुवाइ गर्दै एउटामा अन्तरिम आदेशसमेत जारी गरेका छन् ।

उता नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आजैबाट प्रर्दशन थालेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top