मोबाइल इन्टरनेट : फोरजीमा थपिए, थ्रीजीमा घटे

१४ कात्तिक ७८, सोमबार

चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो उदाहरण हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १० लाख थियो ।

फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले नेपाल टेलिकम सबैभन्दा अगाडि छ । तथ्याङ्कअनुसार टेलिकमका ६२ लाख ६८ हजार फोरजी प्रयोगकर्ता छन् । टेलिकम एक महिनाकै अन्तरमा करिब १० लाख फोरजी प्रयोगकर्ता थप्न सफल भएको छ ।

चाडबाड तथा कोभिड सङ्क्रमण न्यून भएपछि बढेको आवतजावतले ग्रामीण क्षेत्रसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या बढ्दा कुल प्रयोगकर्ता एकै पटक बढेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । टेलिकमले २० अर्ब रुपियाँभन्दा बढी लगानीमा देशैभर फोरजी विस्तार गर्ने परियोजना कार्यान्वयन गरेको थियो ।

दोस्रो स्थानमा एनसेल रहेको छ । जसका ५७ लाख २५ हजार फोरजी प्रयोगकर्ता छन् । फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले एनसेल लामो समयसम्म अग्रस्थानमा थियो । भदौमा एकै पटक करिब १० लाख प्रयोगकर्ता थपिएपछि टेलिकम पहिलो पटक धेरै फोरजी प्रयोगकर्ता हुनेको सूचीमा पहिलो स्थानमा उक्लिएको हो । सीमित क्षेत्रमा मात्र सेवा उपलब्ध गराइरहेको स्मार्ट टेलिकमका सबैभन्दा कम फोरजी प्रयोगकर्ता छन् । प्राधिकरणको तथ्याङ्कअनुसार एक लाख ७६ हजारले स्मार्ट टेलिकमको फोरजी प्रयोग गर्छन् ।

फोरजी प्रयोगकर्ताको सङ्ख्यामा निरन्तर वृद्धि भइरहँदा तेस्रो पुस्ताको थ्रीजी प्रविधिका प्रयोगकर्ता भने घटेका छन् । फोरजीका तुलनामा निकै कम गतिको इन्टरनेट सुविधा उपलब्ध हुने थ्रीजी देशभर एक करोड २६ लाख ४८ हजार प्रयोग गर्छन् । जब कि साउनसम्म एक करोड २६ लाख ७२ हजारले थ्रीजी प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ । त्यसअघि असारसम्म करिब एक करोड २९ लाखले थ्रीजी प्रयोग गरेको देखिन्छ । असारयता थ्रीजी प्रयोगकर्ता घटिरहेको प्राधिकरणको तथ्याङ्कले पुष्टि गर्छ ।, यो समाचार गोेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top