१५ कात्तिक, एजेन्सी ।
जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् । आइतबार राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको बीबीसीले जनाएको छ ।
भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेशनमा जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । टोकियोको पश्चिममा रहेको काकुरियो स्टेशनमा घटना भएलगत्तै यात्रुहरु रेलको झ्यालबाट हाम फालेका दृष्यहरु टेलिभिजनमा प्रशारण भएका थिए ।
घटनामा संलग्न रहेको आशंकामा २० वर्षिय एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । चक्कु प्रहार भएलगत्तै गाडीम आगजनीसमेत भएको बताइएको छ । सो व्यक्तिले नै सवारीसाधानमा आगजनी गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जापानमा हिंसात्मक गतिविधिहरु कम हुने भएपनि हालैका दिनमा छुरा प्रहारका घटनाहरु बढ्दै गएको बताइएको छ ।
