ललितानिवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मुद्दाको फैसला नहुने

१५ कार्तिक, काठमाडौं ।

ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको पुरक मुद्दाको रिटमा आज फैसलाको मिति तोकिएको भए पनि फैसला नहुने भएको छ।

निसु तोकिएका न्यायाधीश नहकुल सुवेदी आफन्तको उपचारका लागि दिल्ली गएकाले उक्त मुद्दाको फैसला नहुने भएको छ।

त्यस्तै गत आइतबारदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध अन्य न्यायाधीशले आन्दोलनसमेत गरेकाले यो मुद्दा प्रभावित हुने देखिएको थियो।

यो मुद्दा प्रधानन्यायाधीश जबरा र सुवेदीको इजलासले सुुनुवाइ समाप्त गर्दै निसुका लागि राखेको थियो। असोज १८ गते रिट निवेदक र सरकारी पक्ष दुवैले उक्त मुद्दाको बहसपछि सर्वोच्चले कात्तिक १५ गते फैसला सुनाउने मिति (निसु) तोकेको थियो। २९ माघ २०७६ मा दायर भएको रिटमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले फैसला सुनाउने मिति तोकेको थियो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय गर्ने कार्यमा तत्कालीन प्रधानमन्त्री भट्टराई र नेपाल पनि संलग्न भएकाले उनीहरुविरुद्ध फेरि अनुसन्धान गरेर पुरक मुद्दा दायर गर्नुपर्ने जिकर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदारविरुद्ध मुद्दा दायर हुने तर प्रधानमन्त्रीहरुविरुद्ध नहुने कार्य गलत भएको जिकिर न्यौपानेले रिटमा गरेका थिए।

नेपाल २०६७ सालमा प्रधानमन्त्री थिए। भट्टराई भने २०६९ मा प्रधानमन्त्री थिए। नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो।

त्यसरी विस्तार गर्दा व्यक्तिका नाममा भएका जग्गा सट्टापट्टा गर्ने निर्णय भयो। त्यही निर्णयको आधारमा नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा व्यक्तिका नाममा पु¥याएको थियो।

यसरी नै नक्कली मोही खडा गरेर बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पु¥याएको आरोप बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारलाई पनि लागेको छ।

नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री रहेका विजयकुमार गच्छदार र भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ थिए भने भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री चन्द्रदेव जोशी थिए। उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ र उनीहरु धरौटी र तारिखमा रिहा भएका छन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top