कर्णालीका तीन मन्त्री आज पदमुक्त हुँदै

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, काठमाडौं ।

Advertisement

कर्णाली प्रदेश सरकारका तीन मन्त्री आज (सोमबार) पदमुक्त हुने भएका छन्।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा पदमुक्त हुन लागेका हुन्।

Advertisement

समाजबादी पार्टीका तर्फबाट मन्त्री बनेका तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लागेका हुन्।एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनीहरुलाई पार्टीले कारबाही गरी सांसदबाट हटाएको थियो।

गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्थाका अनुसार तीनै जना मन्त्री आज पदमुक्त हुन लागेका हुन्। एमाले विभाजन भए पछि तीनै जना नेकपा (एकिकृत समाजबादी)मा छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top