गण्डकीमा २६७१ सहकारी, उद्यमशीलताको विकास हुँदै

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, गण्डकी ।

गण्डकी प्रदेशमा २६७१ सहकारीमार्फत आर्थिक गतिविधि सञ्चालन भएको एक प्रतिवेदनले देखाएको छ ।

सहकारिताको मुख्य लक्ष्यका साथ देशभर सहकारी खोल्ने क्रम बढिरहँदा प्रदेशभित्र ठूलो सङ्ख्यामा सहकारी रहनुका साथै धेरै सर्वसाधारणको सहकारीमा आकर्षण बढेको पाइएको हो ।

सामान्य ऋण सहयोगका लागि साहुका घरघर गुहार्नुपर्ने बाध्यतालाई सहकारीले अन्त्य गर्नुका साथै त्यसबाट उद्यमशीलतामा समेत वृद्धि भएको पाइएको छ ।

प्रदेशमा सहकारीकै माध्यमबाट प्रत्यक्षरूपमा ७६३८ जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्षरूपमा ठूलो सङ्ख्याका सर्वसाधारण स्वरोजगार बनेको देखिन्छ । पछिल्लो समयमा कतिपय सहकारीको सङ्ख्यासमेत वृद्धि भएको छ ।

सहकारीकै माध्यमबाट बैंकको पहुँचमा पुग्न नसकेका व्यक्ति आत्मविश्वासका साथ आर्थिक गतिविधिमा संलग्न भएको जिल्ला सहकारी सङ्घ कास्कीका निवर्तमान अध्यक्ष सुदीप ढकालले जानकारी दिए ।

कास्की बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडले दुईदिने क्षमता अभिवृद्धि तालिममा उनले सहकारीको विकाससँगै समाजमा आर्थिक समस्याकै कारण पिछडिएका वर्ग र समुदाय ओझेलमा परिरहेको वास्तविकतामा यतिखेर उनीहरु निर्धक्कताका साथ आर्थिक गतिविधिमा सामेल हुने गरेको बताए ।

राज्यका निर्दिष्ट कानुनको पालनका साथै सञ्चालकहरु जिम्मेवार नबन्दा कतिपय सहकारी धरासयी बनेको जनाउँदै उनले दुःख गरेर बचाएको सर्वसाधारणको पूँजीलाई सुरक्षित बनाउनु सञ्चालकहरुको कर्तव्य रहेको उल्लेख गरे ।

सहकारी सङ्घका पदाधिकारी, सञ्चालक तथा विभिन्न उपसमितिका संयोजक तथा सदस्यका लागि आयोजित तालिमका सहभागीलाई प्रशिक्षण दिँदै उनले सहकारीले बचत सङ्कलन र ऋण प्रवाहभन्दा शेयर सदस्यको जीवनस्तर उकास्नेतर्फ जोड दिनुपर्ने बताए ।

गण्डकी प्रदेशमा दुई हजार ६७१ सहकारी संस्थामा कूल ११ लाख १६ हजार ६३२ शेयर सदस्यमध्ये छ लाख ४२ हजार १३० महिला तथा चार लाख ४७४५०५ जना पुरुष संलग्न रहेको प्रशिक्षक ढकालले बताए । तथ्याङ्कानुसार प्रदेशमा कूल रु ८६ अर्ब सात करोड ४५ लाख ७१ हजार ६९३ निक्षेप सङ्कलन छ भने रु ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४३३ ऋण लगानी रहेको छ । रु १४ अर्ब ६७ करोड ३४ लाख ५७ हजार ६५३ स्थिर सम्पत्ति रहेको छ ।

मुलुकको सङ्घीय सरकारको माताहतका १२५, प्रदेशअन्तर्गत छ हजार २०० र स्थानीय २३ हजार ७५९ गरी कूल ३० हजार ८४ वटा सहकारीमा ७३ लाख सात हजार ४६२ शेयर सदस्य रहेका छन् । जसमा महिलाको सङ्ख्या ५६ प्रतिशत रहेको छ ।

शेयर पूँजी रु ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८०३, रु चार खर्ब ७७ अर्व ९६ करोड ११ लाख ४६ हजार ४७३ बचत सङ्कलन रहेको सहकारी संस्थामार्फत सदस्यहरुलाई रु चार खर्ब २६ अर्ब २३ लाख ११ हजार ३८१ लगानी भएको छ । सहकारीमार्फत मुलुकमा उद्यमशीलताको विकाससँगै ८८ हजार ३०९ जनाले प्रत्यक्ष रोजगारीसमेत प्राप्त गरेको तथ्याङ्कमा उल्लेख छ ।

कास्की बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भेषराज बरालले तालिमबाट सिकेको ज्ञानलाई आफूआवद्ध रहेको सहकारीमा लागू गर्न सकेमात्र पनि तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे । सहकारी संस्था नीति, विधिका आधारमा सञ्चालन हुनुपर्ने बताउँदै उनले एक सहकारी एक उत्पादन, एक व्यक्ति एक सहकारी अक्षरशः पालना गर्दै प्रत्येक सहकारीका सञ्चालकले लाभांश वितरणलाई भन्दा पनि सुरक्षित लगानीसँगै उद्यमशीलतामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

जिल्लाका कूल ६७० वटा सहकारीमध्ये ३६० भन्दा बढी पोखरा महानगरपालिकामा क्रियाशील रहेको बरालले जानकारी दिए । सहकारी संस्थाले आर्थिक गतिविधि चुस्तदुरुस्त गर्दै समयमा सम्बन्धित निकायमा विवरण पेशसहित आयकर भुक्तानी गरेर राज्यप्रति आफ्नो दायित्व पूरा गर्नुपर्नेमा लेखा प्रशिक्षक एवं सङ्घका पूर्व लेखा संयोजक रुद्रनाथ पौडेलको जोड थियो ।

माछापुच्छ्रे गाउँपालिका–६ रमणीयस्थल अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा आयोजित अभिमुखीकरणमा सङ्घका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना र शिक्षा समिति संयोजक रमेश कार्कीले सहकारी संस्थाहरुले शेयर पूँजीभन्दा पनि बचत सङ्कलन नीतिलाई अवलम्बन गर्नुपर्छ भने । कार्यक्रममा १६ जनाको सहभागिता थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top