राज्यका सबै अंगहरुमाथि प्रश्नचिह्न खडा भयो : रामचन्द्र पौडेल

१५ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिह्न उठेको बताएका छन्।

सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिह्न खडा भएको बताएका हुन्।

Advertisement

संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको उनको भनाइ थियो।

‘संसद चल्न नसकेर अस्ति भर्खरै संसद स्थगित भएको छ। अदालतको त्यो अवस्था छ। अरु संवैधानिक निकायहरु त्यस्तै हालतमा छन्। राजनीतिक पार्टीहरुको त्यो हालत छ। आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरु नै नेपाली जनताको भरोसाको केन्द्र हुन्। तर राजनीतिक पार्टीहरुको अवस्था के छ?’ उनले भने।

Advertisement

राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको उनले बताए।

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागि पर्ने बताए।

‘नेपाली कांग्रेसले पनि जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेकोमा म आफैँ पनि स्वीकार गर्छु,’ उनले भने, ‘नेपाली जनताको भरोसाको केन्द्र बन्ने भूमिका कांग्रेसले अझैपनि निर्वाह गर्न सकिरहेको छैन। त्यो नसकेको कुरा मलाई चिन्ता छ।’

वरिष्ठ नेता पौडेलले आफूले अहिले लोकतन्त्रको अजेण्डालाई बोकेर हिँडेको बताए।

वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने बताए।

नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top