प्रदेश -१ मा तिहारअघि नै नयाँ सरकार गठन हुने, राजेन्द्र राई मुख्यमन्त्री बन्दै

१५ कार्तिक, विराटनगर ।

प्रदेश –१ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् ।

आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन आचार्यले प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।

तर, बहुमत नपुग्ने भएपछि सोमबार आचार्यले राजीनामाको घोषणा गरेका हुन् । उनले राजीनामा घोषणा गरेकाले विश्वासको प्रस्तावमाथि मतदानमा जानु नपर्ने भन्दै २३ कात्तिकसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाउने जाने बताएका छन् । उनले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री बनाउन दलहरूमा आह्वान गर्नेछन् । यसपछि प्रदेशसभामा गठबन्धनको बहुमत रहेकाले उसले राजेन्द्र राईको नाम सिफारिस गर्नेछ ।

प्रदेशसभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् । जुन सरकार बनाउन बहुमत संख्या हो ।

यस्तै प्रदेशसभामा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक जना सांसद छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top