मुख्यमन्त्रीमा राईको शपथ भोलि, चार पार्टीबाट एक-एक जना मन्त्री बनाउने तयारी

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, काठमाडौं ।

प्रदेश एकमा सत्ता गठबन्धनबाट प्रस्ताव गरिएका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा चार पार्टीबाट एक÷एक जना नेतालाई मात्रै मन्त्री बनाउने तयारी गरिएको छ।

मुख्यमन्त्रीबाट एमाले नेता भीम आचार्यले राजीनामा दिएपछि सत्ता गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राईको नाम टुंगो लगाएको छ।

प्रदेश प्रमुखले सरकार गठनका लागि आजै आह्वान गर्ने र त्यसमा गठबन्धनका तर्फबाट राईले सरकारको दाबी गर्नेछन्।

मुख्यमन्त्री राजेन्द्र राई कमरेडको भोलि नै नियुक्ति र शपथ हुन सक्ने सम्भावना छ। त्यसो हुँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक÷एक जनाले मात्रै मन्त्रीको शपथ लिनुहुन्छ होला’ राई निकट एक सांसदले भने,‘चार पार्टीबाट एक÷एक जनाले मन्त्रीको शपथ लिएपछि मन्त्रिपरिषद्लाई विस्तारै पूर्णता दिने तयारी छ।’

प्रस्तावित मुख्यमन्त्री राईलाई कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा घोषणा गरेका हुन्। आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामा एमाले औपचारिक विभाजन हुनुअघि उनी एकल बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त भएका थिए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top