जी–२० सम्मेलन सम्पन्न, कोभिडले निम्त्याएको समस्या समाधानमा लाग्ने प्रतिबद्धता

१५ कात्तिक ७८, सोमबार
Share this
741shares

१५ कार्तिक, काठमाडौं ।

Advertisement

विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जी–२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ।

सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड १९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्ने प्रतिबद्धता गरेका थिए।

Advertisement

यस महामारीका कारण विश्वमा विविध खाले समस्याहरु उत्पन्न भएको निष्कर्ष सो सम्मेलनका क्रममा विश्वका नेताहरुले निकालेका थिए।

उनीहरुले यस महामारीका कारण आर्थिक सामाजिकलगायतका धेरै क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न गरेकाले यसका विरुद्धमा सबै मिलेर लाग्नुपर्ने निष्कर्ष पनि निकालेका हुन्।

Advertisement

्कोभिडबाट उत्पन्न असहज परिस्थितको सामना गर्न, दिगो विकास कायम गर्न र अन्य चुनौतीहरुलाई मिलेर सामना गर्न विश्वका नेताहरु सहमत भएका हुन्।

उनीहरुले कोभिड विरुद्धको खोपको समान वितरणमा पनि जोड दिएका छन्। हाल कोभिडका विरुद्धमा खोपको उपलब्धता सबैमा हुन नसकेकाले यसका विरुद्धमा पनि लाग्न उनीहरुले जोड दिएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top