प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

१५ कात्तिक ७८, मंगलबार

१६ कार्तिक, काठमाडौं ।

Advertisement

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । आज देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement

राति प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top