तिहार मनाउन गाउँ जानेलाई कोरोना खोपको व्यवस्था

१६ कात्तिक ७८, मंगलबार
Share this
737shares

१६ कार्तिक, काठमाडौं ।

Advertisement

तिहार मनाउन काठमाडौंबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ।

स्वास्थ्य मन्त्रालयले उपत्यकाबाट बाहिरिनेलाई लक्षित गरी बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखेको छ। अहिले बिहानदेखि नै काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हो।

Advertisement

कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताए। उनका अनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ।

पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ। यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइनेछ। तोकिएका पाँच ठाउँबाट आज र भोलि खोप दिइने मनत्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top