प्रचण्डको आश्वासन पूरा गर्लिन् त मन्त्री श्रेष्ठले ?

१६ कार्तिक, काठमाडौं ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सोमबार सुझाव लिन मन्त्रालयमा सञ्चारकर्मी बोलाइन् । उनले सुझाव मागे पनि सञ्चारकर्मीले प्रश्न तेर्स्याए ।

त्यसमा एक थियो, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आश्वासन । सोमबार कीर्तिपुरमा भएको कार्यक्रममा प्रचण्डले भनेका थिए, ’हाम्रो पार्टीले मन्त्रालय पाएको छ । चुनावअघि नै सबैले लालपूर्जा पाउँछन् ।’

यो आश्वासन सम्भव छ भन्ने प्रश्न माओवादी केन्द्रबाट मन्त्री बनेकी श्रेष्ठतिर सोधियो । प्रश्नको आशय थियो, ’प्रचण्डको आश्वासन शशीले मन्त्री भएर पूरा गर्न सक्छिन् कि वा प्रचण्डको राजनीतिक फण्डामात्रै हो ?’

’भन्नेभन्दा गर्नु उपयुक्त हुन्छ । मैले जे काम गर्छु त्यही समाचार बनोस् । यो गर्छु, त्यो गर्छु भन्दिन,’ मन्त्री श्रेष्ठ अघि बढिन्, ’मेरो लागि यो मन्त्रालय विल्कुल नयाँ हो ।

यद्यपि नागरिकको हिसाबले भोगाई छ । यो मन्त्रालयको जिम्मेवारी दिएको छ । दिएको जिम्मेवारीबाट भाग्दिन ।’ शशीले जिम्मेवारी दिएकाले पूरा गर्छु भन्ने आशय व्यक्त गरिन् ।

उनले यसको सुरुवात महोत्तरीबाट गर्न लागेको पनि जानकारी गराइन् । यसका लागि आफू मंगलबार महोत्तरी जान लागेको सुनाइन् ।

उनकाअनुसार महोत्तरीको रामगोपालपुरबाट लालपूर्जा बाँड्न सुरु हुँदैछ । शशीले सदरमुकाम जाने बाध्यता र झन्झट पनि अन्त्य गर्दै गाउँमै लालपूर्जा पाउनेगरी घुम्ती शिविर गर्न लागेको बताइन् ।

यसले सदरमुकाम गएर लाइन लाग्नुपर्ने अवस्था अन्त्य हुने, बिचौलिया र टेबुलमुनि घुस दिनुपर्ने अवस्था पनि निरुत्साहित हुने उनको विश्वास थियो । उनले ठूलो कामभन्दा सानो जनस्तरलाई छुने काम गरेर पछि ठूला काम गर्ने पनि उल्लेख गरिन् ।

शशीले प्रचण्डको आश्वासन पूरा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ आउनेगरी सुकुम्बासी आयोगलाई छिट्टै पूर्णता दिएर काम अघि बढ्ने बताइन् ।

उनले अघिल्लो सरकारले प्रचारगरे जस्तो लाजपूर्जा बाँडेको नपाइएको भन्दै सुकुम्बासी आयोग खारेज गर्ने र नयाँ बनाउने निर्णयको बचाउ पनि गरिन ।

एक÷दुई ठाउँमामात्र बाँडेको र १४ ठाउँमामात्रै तयारी रहेको भन्दै यद्यपि राम्रो कामको स्वामित्व लिने बताइन् । प्रचण्डको आश्वासन पूरा हुनेरनहुने स्पष्ट जवाफ शशीबाट नआए पनि उनले कुराभन्दा काम गरेर जाने सन्देश दिइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top