कांग्रेसको रणनीतिः चुनावमा देशभर तालमेल नगर्ने, आवश्यकता हेर्ने

१५ कात्तिक ७८, मंगलबार

काठमाडौं: प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ ।

कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका थिए ।

‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरूसमेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो । सोही परिणामबाट पाठ सिक्दै अहिले भने कांग्रेसले देशभर तालमेल नगरी आवश्यकता हेरेर मात्रै अन्य दलसँग तालमेल गर्ने नीति अघि सार्ने तयारी गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन आवश्यकता हेरेर निर्वाचनमा तालमेल हुने कि नहुने निधो हुने बताउँदै आइरहेका छन् । उनले आइतबार जनकपुरमा आयोजित नेता कार्यकर्तासँगको भेटमा भने आगामी निर्वाचनमा तालमेल गर्ने अवस्था नरहेको बताएका थिए ।

यसैगरी, आइतबार नै एक कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले निर्वाचनमा देशभर नभई केही स्थानमा मात्रै आवश्यकता हेरेर अन्य दलसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताएका थिए । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।

‘चुनावी तालमेलका विषयमा पार्टीभित्र एक मत छैन, फरकफरक धारणा आइरहेका छन्, देशैभर तालमेलको सम्भावना त नहोला, केही स्थानमा हुन सक्छ,’ सहमहामन्त्री महतले भनेका छन् ।

यसैगरी, कांग्रेस युवा नेता गगन थापालेसमेत केही दिनअघि धादिङ र चितवनमा आयोजित कार्यक्रममा कांग्रेस कोहीसँग तालमेल गरेर नभई एक्लै आफ्नै तागतले निर्वाचनमा होमिने बताएका थिए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top