४० वटा विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगरपालिका

१५ कात्तिक ७८, मंगलबार

काठमाडौं: ललितपुर महानगरपालिकाले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । बस सञ्चालनका लागि असोज पहिलो साता टेन्डर आह्वान भएको थियो ।

डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै जाने नीतिअनुरूप महानगरले विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । ‘बस सञ्चालनका लागि टेन्डर आह्वान भई सम्झौता भइसक्यो । तिहारपछि महानगरबासीले विद्युतीय बस चढ्न पाउँछन्,’ महानगर प्रमुख चिरिबाबु महर्जनले भने ।

विद्युतीय बस सञ्चालनका लागि महानगरले बस रुट भने तय गरिसकेको छ । तय भएको दुई रुटमध्ये पहिलो रुट महानगरको प्रांगण हुँदै मंगलबजार, कुमारीपाटी, पुल्चोक हुँदै महानगरको प्रांगणमै आइपुग्नेछ । दोस्रो रुटअनुसार महानगरको प्रांगणबाट मंगलबजार, सुन्धारा, महाबौद्ध, लगनखेल, एकान्तकुना, जाउलाखेल, पुल्चोक, कुपन्डोल हुँदै महानगरकै प्रांगणभित्र आइपुग्ने महानगरले जनाएको छ ।

नगर क्षेत्रमा विद्युतीय गाडीलाई प्राथमिकता दिई पर्यटकीय क्षेत्रमा विद्युतीय सवारी सञ्चालनमा ल्याउँदै जाने महर्जनले जानकारी दिए ।
महानगरले डिजेल र पेट्रोलबाट चल्ने सवारीलाई विस्थापित गर्दै जाने भएको छ । ‘पहिलो चरणमा चारवटा बस सञ्चालन गर्दै छौँ । त्यसको प्रभावकारिता हेरेर थप्दै पनि जानेछौँ,’ महर्जनले भने, ‘बिस्तारै डिजेल, पेट्रोल सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीलाई राख्ने हो ।’

पहिलो चरणमा चार वटा बस सञ्चालन गर्न लागेको महानगरले पर्यटक, ज्येष्ठ नागरिक र बालबालिकाका लागि भने निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । कति उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकालाई शुल्क नलिने भन्ने विषय कार्यविधि बनाउँदा समावेश गर्ने महानगरले जनाएको छ । कार्यविधि बनाएर विद्युतीय बस सञ्चालनका लगि छलफल समेत सुरु भइसकेको छ । महर्जनले विद्युतीय बस सञ्चालनका लागि बजेट अभाव नहुने स्पष्ट पारे ।

महानगरपालिकाले विद्युतीय बस सञ्चालनका लागि आर्थिक वर्ष ०७५÷७६ मै साढे दुई करोड रकम विनियोजन गरेको थियो । ०७५ असारमा विद्युतीय बसका लागि रकम विनियोजन भए पनि साझा यातायातको नियम परिवर्तन हुँदा बस सञ्चालनमा ढिलो भएको महर्जनको भनाइ छ । ‘हामीले विद्युतीय बस चलाउन साढे दुई वर्षअगाडि नै रकम विनियोजन गरेका हौँ । तर, बीचमा साझा यातायातको नियममा परिवर्तन भएका कारण रोकियो ।

हामीले लगानी मात्र गर्ने हो, सबै काम उहाँहरूकै तर्फबाट हुने हो,’ उनले भने, ‘हामीसँग विद्युतीय बस सञ्चालन गर्न सक्ने जनशक्ति छैन । सार्वजनिक सवारीको क्षेत्रमा लामो समयदेखि उहाँहरूसँग काम गरेको अनुभव छ । त्यही कारण साझा यातायातबाटै काम गराउन खोजेका हौँ ।’ उनका अनुसार विद्युतीय सवारी चलाउने प्रयास गर्नुको कारण प्रदूषण घटाउने, नेपाल विद्युत्मा आत्मनिर्भर हुँदै गएको अवस्थामा कम खर्चमै सञ्चालन हुन सक्ने भएकाले हो ।

चार महिनाभित्र चार्जिङ स्टेसन बनाउने
सञ्चालक समिति सदस्य तुलाधरका अनुसार चार महिनाभित्र विद्युतीय बस सञ्चालनका लागि चार्जिङ स्टेसन पनि निर्माण हुनेछन् । ‘बस कस्तो खालको आउँछ, त्यसअनुसार चार्जिङ स्टेसन निर्माण गर्छाैं,’ तुलाधरले भने, ‘चार्जिङ स्टेसन निर्माणका लागि विद्युत् प्राधिकरणसँग छलफलमा छौं । चार महिनाभित्र चार्जिङ स्टेसन निर्माण हुने गरी काम गर्छौं ।’ बस चालकबाहेक ३६ सिटको हुनेछ । अपांगमैत्री बसमा ह्विलचियर समेत सहजै अटाउनेछ ।

बस ल्याउने सम्झौता भए पनि अहिलेसम्म बस सञ्चालनको रुट भने निर्धारण हुन नसकेको साझा यातायातले बताएको छ । तर, साझाले ल्याउने बसका मुख्य रुट काठमाडौं र ललितपुरका भित्री सडक नै हुनेछन् । सञ्चालक समिति सदस्य तुलाधरका अनुसार प्रदूषणको मुख्य केन्द्र काठमाडौं भएकाले सुरुमा ल्याइएका बस काठमाडौं र ललितपुरका भित्री सहरमा गुड्ने छन् । विद्युतीय बस गुडाउन चार्जिङ स्टेसनको व्यवस्थाका लागि साझाले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरिसकेको छ ।

साझा यातायातले आह्वान गरेको टेन्डरमा नान्जिङ गोल्डेन डार्गन बस कर्पोरेसन लिमिटेड, विक्वी फोटोन मोटर कम्पनी लिमिटेड, झोङटोङ बस होल्डिङ कर्पोरेसन लिमिटेड, चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन, सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेसन, बिवाइडी अटो इन्ड्रस्ट्री कर्पोरेसन लिमिटेड, एनहुई एनकाई अटोमोबाइल कर्पोरेसन लिमिटेड, चेरी एन्ड वान्डा बस कर्पोरेसन लिमिटेड, झुनहाई गाउनटोङ अटोमोबाइल कर्पोरेसन लिमिटेडले आवेदन दिएका थिए ।

जसमध्ये सिएचटिसी कम्पनी छनोट भएको हो । गत माघमा आफ्नै निर्णय उल्ट्याउँदै सरकारले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई नै जिम्मा दिने निर्णय गरेको थियो । जसका कारण साझाले विद्युतीय बस किन्ने प्रक्रिया अगाडि बढाएको हो । काठमाडौं उपत्यकामा विद्युतीय बस गुडेमा केही हदसम्म भए पनि अहिले बढेको प्रदूषण कम गर्न मद्दत पुग्ने विज्ञहरू बताउँछन् ।

विद्युतीय बसका लागि चिनियाँ कम्पनीसँग सम्झौता
४० वटा विद्युतीय बस खरिदका लागि साझा यातायातले चिनियाँ कम्पनी सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेसनसँग सम्झौता गरेको छ । २२ असोजमा बस खरिदका लागि द्विपक्षीय सम्झौता भएको साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले बताए । ‘बस खरिदका लागि हामीले सम्झौता गरेका छौं । सम्झौताअनुसार अबको चार महिनाभित्र तीन वटा र बाँकी चार महिनाभित्र ३७ वटा बस आउने छन्,’ उनले भने ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top