तिहारमा घर जाने यात्रुहरूलाई बसपार्कमै कोरोनाविरुद्धको खोप

१६ कात्तिक, काठमाडौँ ।

Advertisement

सरकारले तिहारमा घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहार मनाउन काठमाडौँबाट घर जाने यात्रुहरूलाई लक्षित गर्दै विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलङ्की चोकमा यात्रुहरूलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयको खोप शाखाका अनुसार खोपको कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । खोप लगाउनका लागि यात्रुहरूले उमेर खुल्ने परिचय पत्र देखाउन आवश्यक रहेको शाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top