युभेन्ट्स अन्तिम १६ मा, चेल्सीको कठिन जित

१६ कात्तिक ७८, बुधबार

१७ कार्तिक, काठमाडौं ।

इटालीयन सिरी ए क्लब युभेन्ट्स युईएफए च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा रसियन क्लब जेनिट पिटरस्बर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

युभेन्ट्सको जितमा कप्तान पाउलो डिबलाले दुई गोल गरे । यस्तै फेडेरिको चिएसा र अल्भारो मोरटाले एक–एक गोल गरे । पराजित पिटरस्बर्गको लागि सरदार अज्माउनले एक गोल गर्दा युभेन्ट्स डिफेण्डर लिओनार्दाे बोनुचीले आत्माघाति गोल गरे ।

घरेलु मैदान टुरिनमा युभेन्ट्सका डिबलाले सुरुवाती अग्रता दिलाए । ११ मिनेटमा डिबलाले गोल गर्दा बोनुचीले २६ मिनेटमा आफ्नै पोष्टमा गोल गरेका थिए ।

५८ मिनेटमा डिबलाले पेनाल्टीमा गोल गर्दा युभेन्ट्सले २–१ को अग्रता बनायो । यसपछि खेलको ७३ मिनेटमा फेडेरिको र ८२ मिनेटमा मोरटाले गोल गर्दै युभेन्ट्सलाई ४–१ को अग्रता दिलाए । ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै पिटरस्बर्गलाई सरदारले ४–२ को अवस्थामा पुर्याएपनि हार टार्न भने सकेनन् ।

जितसँगै युभेन्ट्सले समूह एचमा ३ अंकको अग्रता बनाउँदै अन्तिम १६ मा स्थान बनाएको छ । ४ खेलमा अपराजित रहँदै १२ अंक बनाउको युभेन्ट्स शीर्ष स्थानमा छ । पिटरस्बर्गको भने ४ खेलबाट १ जित सहित ३ अंक रहेको छ ।

समूह ‘एच‘ को खेलमा इंग्लिस क्लब चेल्सी कठिन जित सहित अन्तिम १६ नजिक रहेको छ । स्विडेनमा भएको खेलमा चेल्सीले घरेलु टोली माल्मो एफएफलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा एक मात्रै निर्णायक गोल हाकीम जियेचले गरे । उनले खेलको ५६ मिनेटमा गोल गरेका थिए । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । जितसँगै साविक विजेता चेल्सी अन्तिम १६ नजिक रहेको छ ।

समूह ‘एच’ मा ४ खेलमा ३ जित र एक हारसहित चेल्सी ९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित माल्मो भने ४ खेलमा विना कुनै अंक पुछारमा रहेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top