लगातार चौथो जित निकाल्दै टी–२० विश्वकपको सेमिफाइनलमा पुग्यो पाकिस्तान

१६ कात्तिक ७८, बुधबार

१७ कार्तिक, काठमाडौं ।

लगातार चौथो खेलमा जित निकाल्दै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। मंगलबार राति भएको खेलमा पाकिस्तानले नामिबियालाई ४५ रनले हरायो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा मात्र २ विकेट गुमाएर १८९ रन बनाएको थियो। जबाफी ब्याटिङमा उत्रिएको नामिबियाले भने २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो।

पाकिस्तानका लागि कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय पारि खेले। ओपनरद्वय आजम र रिजवानले पहिलो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। १४.२ ओभरमा आजम ७० रन बनाएर आउट भएका थिए। ४९ बलमा ७० रन बनाएका आजमले ७ चौका प्रहार गरेका थिए।

यसैगरी १५.४ ओभरमा १२२ रन बनाउँदा पाकिस्तानले दोस्रो विकेट गुमाएको थियो। दोस्रो विकेटको रुपमा फकर जमा ५ बलमा ५ रन बनाएर आउट भएका थिए। त्यसपछि रिजवान र मोहम्द हाफिजले पाकिस्तानको पारि सम्हालेका थिए।

रिजवानले ५० बलमा नटआउट ७९ रन बनाए । रिजवानले ४ छक्का र ८ चौका प्रहार गरे। हाफिसले १६ बलमा ३२ रन बनाए। उनले ५ छक्का प्रहार गरे।

नामिवियाका लागि जेन फ्रांकिलिन र डेभिड वेजसले १–१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले दोस्रो ओभरमा मात्र ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो। पहिलो विकेटको रुपमा मिचेल भान मात्र ४ रन बनाएर पेभेलियन फर्किए। त्यसपछि ८.४ ओभरमा ५५ रन हुँदा दोस्रो विकेट गुम्यो। दोस्रो विकेटको रुपम कप्तान गेरहार्ड इरसमुस १५ रन मात्रै बनाएर आउट भए।

यस्तै, तेस्रो विकेटको रुपमा स्टेफेन बार्ड २९ रनमा आउट भए भने चौथो विकेटको रुपमा जे जे स्मिथ मात्र २ रन बनाएर आउट भए। क्रेग विलियम्स ४० रन बनाएर पाँचौ विकेटको रुपमा आउट भए।

लगातार चौथो जितसँगै पाकिस्तानले ८ अंक बनाएको छ। जारी प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पाकिस्तान दोस्रो टिम बनेको छ । यसअघि समुह ए बाट इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top