प्रधानमन्त्री देउवालाई भेटेर मोदीले भने- ‘नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार’

१७ कार्तिक, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार, रेल मार्ग, पेट्रोलियम पाईप लाईन, पुर्ननिर्माणका परियोजनालगायका क्षेत्रमा भारतले गरेको सहयोगप्रति मोदीलाई धन्यवाद दिएका थिए । त्यस्तै, कोभिडबिरुद्धको खोप र अत्यावसेकीय औषधी आपूर्तीमा नेपाललाई भारतले प्रदान गरेको सहयोगप्रति पनि प्रधानमन्त्री देउवाले मोदीलाई धन्यवाद दिएका थिए ।

विगतमा जस्तै रसायनिक मलको आपूर्तिमा भारतको निरन्तर सहयोग हुने पनि देउवाले आशा व्यक्त गरे । सो अवसरमा देउवाले महेन्द्रनगर, धनगढी, नेपालगन्ज र भैरहवाबाट थप हवाई मार्ग प्रवेशका लागि अनुमति दिन भारत सरकारसँग अनुरोध गरे ।

जबाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझै सशक्त बनाउन थप कार्य गर्ने बताउँदै नेपाललाई आवश्यकताअनुसार पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए ।

प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेसँग पनि भेट गरेका थिए । भेटका अवसरमा दुई देशबीच शिक्षा र सांस्कृतिक सम्बन्ध प्रबद्र्धन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top