प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ

१६ कात्तिक ७८, बुधबार

१७ कार्तिक, काठमाडौं ।

Advertisement

तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ भएको छ।

सरकारले कात्तिक ११ गते बेलायतको लागि ज्ञानचन्द्र आचार्य, भारतको लागि शंकरप्रसाद शर्मा र अमेरिकाको लागि श्रीधर खत्रीलाई राजदूत पठाउन सिफारिश गरेको थियो। उनीहरुको संसदीय सुनुवाइका लागि संसद सचिवालयमा पत्र पठाएको थियो।

Advertisement

सरकारले पठाएको पत्रअनुसार, संसद सचिवालयले सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको हो। बुधबार संसद् सचिवालयले सूचना प्रकाशित गरी तीनै जनाविरुद्ध उजुरी आह्वान गरेको छ।

संसद् सचिवालयले कात्तिक २६ गतेसम्म उजुरी दिन आह्वान गरेको छ। उनीहरुविरुद्ध फोन, फ्याक्स, इमेल वा सिधै संसद् सचिवालय पुगेर उजुरी दिन सकिनेछ।

Advertisement

त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरीमाथि छानविन गर्नेछ। संसदीय सुनुवाइ समितिले पारित गरेपछि मात्रै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top