बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

१९ साउन ७५, आइतबार

ढाका,साउन २०

बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् ।

तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् ।

ढाका नजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्ररुप लिएपछि कम्तीमा १०० जना घाइते भएका थिए ।प्रत्यक्षदर्शीहरुका अनुसार, प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरु भर्ना गरिएको थियो ।

देशको सबैभन्दा बढी बिक्री हुने अखबार प्रोथोम आलोले पनि प्रदर्शनहरु हिंसात्मक भएसँगै शनिबार अबेरदेखि इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।
रासस/एएफपी

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top