दूषित मिठाई किन्नबाट जोगिनुस्

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, काठमाडौं ।

सामान्यतयाः चाडपर्वमा मिठाईजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाईहरू बिक्रीमा राखिन्छ।

भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्। यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि ? यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ भनेर पनि सजग हुन जरुरी छ। किनभने बजारमा चाडपर्वकै मौका छोपेर कतिपय व्यवसायीले म्याद नाघेका घ्यू, तेल, मसला र खान नमिल्ने रङ प्रयोग गरेको पाइएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज १८ देखि २२ सम्म २ सय ४९ खाद्य बजार, खाद्य उद्योग, होटल रेष्टुराँ अनुगमन गरेको थियो। अनुगमनका क्रममा दूषित तथा म्याद समाप्त भएका खाद्य पदार्थ प्रशस्तै पाइएको विभागले जनाएको छ।

२ लाख ६० हजार रुपैयाँको उपभोग्य म्याद सकिएका तेल, मसला पदार्थ, दुग्ध पदार्थ, पेय पदार्थलहरू जफत तथा नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

दूषित जेरी बिक्री गरेको अभियोगमा वैशाख १४ गते कञ्चनपुरको मिलन होटलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा नै दायर गरिएको छ। २०७७ साउन ५ गते काभ्रेको दुर्गा एन्ड चाट पसललाई समेत दूषित लड्डु बिक्री गरेको भन्दै मुद्दा हालिएको छ। २०७६ भदौमा बनेपाको आचार्य जलपान गृहलाई पनि दूषित लड्डु बेचेको अभियोगमा मुद्दा दायर गरिएको थियो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top