×

NEPAL TIMES UPDATES

Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026

लक्ष्मीपूजामा विद्युत खपतको रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात

१९ कार्तिक २०७८

१९ कार्तिक, काठमाडौं ।

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ ।

Advertisement

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकद्वय विश्वप्रकाश गौतम र कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top