×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीको टिप्पणी– गठबन्धन लोकतन्त्रको भक्षक, परमादेश फेरि पनि आउन सक्छ

२१ कार्तिक २०७८

२१ कार्तिक, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धन लोकतन्त्रको भक्षक भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले असार २८ गतेको जस्तै फेरि पनि ’प्रतिगामी’ परमादेशहरु आउनसक्ने समेत बताए।

Advertisement
Advertisement

एमालेको कर्णाली–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको ’अठोट’का कारण मात्रै लोकतन्त्र अहिलेसम्म जीबित रहेको दाबी गरे।

’यस्ता परमादेश, प्रतिगामी परमादेशहरु अनेक आउन सक्छन्। हामी सरकार छोड्न तयार छौं, तर देशलाई तलमाथि हुन दिँदैनौ, संविधान च्यात्न दिँदैनौ, लोकतन्त्र तलमाथि हुन दिँदैनौ, लोकतन्त्र छाड्न तयार छैनौं,’ ओलीले भने, ’७ दशकभन्दा बढी संघर्ष गरेर ल्याएको लोकतन्त्र हो, बलिदान गरेर ल्याएको लोकतन्त्र हो, त्यसकारण छोड्न सक्दैनौं।’

ओलीले एमाले नभएको भए २०१७ सालमाजस्तै देशमा ’कू’ हुने दाबी समेत गरे।

’हामी सरकारमा हुँदा पनि अदालतलाई हाम्रैविरुद्ध प्रयोग गरियो। सेना प्रयोग गर्न पाएन, प्रहरी प्रयोग गर्न पाएन, अदालत प्रयोग गरेर मात्रै काम पुग्ने भएकाले अदालत प्रयोग गरेर प्रधानमन्त्री छुट्टी, अर्को एउटा प्रधानमन्त्री जडान गरियो,’ ओलीले भने, ’हामी हुँदैन थियौं, एमाले हुँदैन थियो भने ०१७ साल अस्ती नै आइसक्थ्यो। तर, यहाँ एमाले छ त्यसकारण ०१७ साल आउन सकेन।’

ओलीले सत्तारुढ ५ दलीय गठबन्धन सत्तामार्फत् स्वार्थ पूरा गर्नमा मात्रै केन्द्रित रहेको पनि आरोप लगाए।

Advertisement

’५ दलीय गठबन्धन छ नि, बर्का राधे–राधे लगाएका हुन् कि राम–राम लगाएका हुन्, कृष्ण–कृष्ण लगाएका हुन् कि यी सबै लोकतन्त्रका भक्षकहरु हुन्, भक्षीहरु हुन् यिनी,’ ओलीले भने, ’यिनीहरुलाई लोकतन्त्र, लोकतन्त्रका मूल्यमान्यता हैन, सत्ता चाहिएको छ। स्वार्थ पूरा गर्नु छ, देश होइन।’

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top