नेपाल बारले सोमबारबाट आन्दोलनलाई निरन्तरता दिने

२१ कात्तिक ७८, आइतबार
Share this
711shares

२१ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनलाई निरन्तरता दिने भएको छ। सोमबार (भोलि)देखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने नेपाल बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए।

महासचिव पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने जनाएका छन्। न्यायपालिकामा रहेको विकृति, विसङ्‍गति, बिचौलिया तथा भ्रष्ट्राचार नियन्त्रणका लागि भन्दै बारले आन्दोलन गरिरहेको छ।

Advertisement

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितको विरोध कार्यक्रम आयोजना गरिएको थियो।

बारले सोमबार बिहान साढे १० बजे बारमा उपस्थित हुन कानुन व्यवसायीहरुलाई आग्रह गरेको छ। बारले काठमाडौंमा केन्द्रित गरेको आन्दोलनलाई देशभर नै गर्ने तयारी पनि अघि बढाएको जानकारी दिएको छ। देशभरका बार एकाइका अध्यक्ष, सचिवसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रम पछि सार्वजनिक गर्ने बारको विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top