अमेरिकी उड्डयन कम्पनीमा चोरी गर्ने चीनको प्रयास

२१ कात्तिक ७८, सोमबार

२२ कात्तिक, एजेन्सी ।
विभिन्न घटनाक्रम, राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयलाई लिएर सधैजसो वाकयुद्धमार्फत टकरावको स्थितीमा रहने विश्वका प्रमुख दुई राष्ट्र अमेरिका र चीन फेरि चोरीको विषयलाई लिएर आमनेसामने भएका छन् । एक चिनियाँ गुप्तचरले अमेरिकामा भएका उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्न खोजेको ठहर भएको अमेरिकाको कानुन मन्त्रालयले जनाएको छ ।

एउटा जुरीले शू येन्जुन नाम गरेका ती चिनियाँ गुप्तचरबाट आर्थिक जासुसी र व्यापार–रहस्य चोर्न खोजेका पाँचवटा मुद्दामा दोषी ठहर गरेको हो । उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा बढी जरिवाना हुनसक्छ । सन् २०१८ मा बेल्जियममा पक्राउ परेका शूलाई त्यसपछि अमेरिकालाई हस्तान्तरण गरिएको थियो। मुद्दा चलाउन अमेरिकालाई हस्तान्तरण गरिएका उनी सम्भवतः प्रथम चिनियाँ गुप्तचर हुन् ।

गएको शुक्रवार आएको निर्णयबारे चीनले सार्वजनिक टिप्पणी भने गरिसकेको छैन । तर पहिला चीनले शू विरुद्ध लगाइएका अभियोग आधारहीन भएको भन्दै अमेरिकी आरोपको खण्डनभने गरेको थियो । अमेरिकी कानुन मन्त्रालयका अनुसार शू चिनियाँ राज्य सुरक्षा मन्त्रालयअन्तर्गत रहेको जिआङ्सू शाखाका एक वरिष्ठ अधिकारी हुन् । उक्त शाखाले प्रतिगुप्तचरी, वैदेशिक गुप्तचरी र आन्तरिक सुरक्षासँग सम्बन्धित विषयहरू हेर्छ । अमेरिकामा भएका विभिन्न कम्पनीका कर्मचारीहरूलाई शूले कम्तीमा सन् २०१३ देखि नै लक्षित गरेको अमेरिकी आरोप थियो । एउटा घटनामा सन् २०१७ मा उनले जीई एभिएशनका एक कर्मचारीलाई एउटा चिनियाँ विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन जाने चाँजोपाँजो मिलाइदिएका थिए । त्यसका लागि शूले ती कर्मचारीको खर्च र भत्ता जुटाइदिएका थिए । त्यसको एक वर्षपछि शूले ती विज्ञसँग केही गोप्य प्राविधिक सूचना मागेका थिए। एफबीआईसँग सहकार्य गरिरहेको उक्त कम्पनीको सहयोगमा ती कर्मचारीले शूलाई दुई पाना भएको “संवेदनशील सूचना“ भएको दस्ताबेज इमेल गरिदिए। शूले पछि ती कर्मचारीलाई जीई एभिएशनले उपलब्ध गराएको कम्प्युटरको फाइल डाइरेक्टरी पठाउन भने। उनले ती कर्मचारीसँग बेल्जियममा भेट्ने प्रयास पनि गरेका थिए। त्यही क्रममा उनी पक्राउ परेका हुन् ।

चीनले नयाँ किसिमको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको तथा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ सैन्य आक्रमणबाट ताइवानलाई जोगाउने वाचा गरेको बेला अहिले अमेरिका र चीनबीच तनाव बढेको छ। यही बेला चीनमाथि त्यस्ता आरोपहरू लागेका छन् । यसले दुई देशको सम्बन्धमा थप चिसोपना आउने संभावना देखिएको छ । केही समय अघि मात्रै अमेरिकाको आग्रहमा कानून उल्लघनको आरोपमा क्यानडामा पक्राउ परेकी हुवावे की वित्तिय प्रमुखलाई चीनले रिहा गराउन सफल भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top