नेपालकी संज्ञा मल्ल बनिन् राष्ट्रसंघको वर्ष महिला प्रहरी

२१ कात्तिक ७८, सोमबार

२२ कात्तिक, काठमाडाैँ ।
चाहे विज्ञानको क्षेत्र होस् वा कलाको । सामाज सेवा होस्,ब्यापार वा सुरक्षाको मामिला । विभिन्न क्षेत्र तथा विधामा धेरै नेपालीहरुले आफ्नो र देशको नाममा इतिहास रच्दै आएका छन् । आफनो काम र विद्धताकै बलमा धेरै नेपालीले नेपालको प्रतिष्ठा अझ उचो बनाइरहेका छन् ।

विश्वमा बढी मात्रामा साहसीको उपमा पाउने नेपालीले कुनैपनि क्षेत्र र विधामा अवसर पाए भने आफूलाई अब्बल सावित गर्न सक्छन् भन्ने दर्जनौ उदाहरण बनिसकेका छन् । विश्वमै नेपालीका नाममा दजनौं कीर्तिमान बनिसकेका छन् । यही सूचीमा अर्काे एउटा नाम फेरि थपिएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत नेपाली चेली प्रहरी उपरीक्षक (एसपी) संज्ञा मल्ल पनि परेकी छिन् ।

संयुक्त राष्ट्रसंघले संज्ञा मल्ललाई ’वर्ष महिला प्रहरी –२०२१’ अवार्ड प्रदान गर्ने भएको छ । मल्ल अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छिन् । मल्ल राजधानी किन्सासामा रहेको मिसनको मुख्यालयमा जनस्वास्थ्य तथा वातावरण इकाई प्रमुख हुन् । राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा इबोला र कोभिड–१९ को महामारी तथा गत मे महिनामा भएको ज्वालामुखी विस्फोटसहितको प्राकृतिक प्रकोपमा मल्लले खेलेको भूमिकालाई सो अवार्ड प्रदान गरिएको उल्लेख छ ।

मल्लले नेतृत्व गर्ने ईकाईले राष्ट्रसंघमा कार्यरत कर्मचारी र स्थानीय बासिन्दालाई स्वास्थ्य सम्बन्धी सावधानीको मापदण्ड सचेत गराउँदै आएको छ ।उनलाई २३ कात्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले पुरस्कार प्रदान गर्ने बताइएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top